बुधबार, वैशाख १२, २०८१

शुक्रबार सन्तोषी माताको व्रत बस्नाले यस्तो लाभ लिन सकिन्छ

नेपालखोज २०७६ मंसिर ६ गते ७:४१

ज्योतिषशास्त्रका अनुसार शुक्रबार सन्तोषी माताको व्रत बस्नाले सुख– शान्ति तथा मनोकांक्षा पूरा हुन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार सात बारमा हरेक दिन फरक– फरक देवी– देवताको पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजा आराधाना गरियो भने घरमा धनका साथै सुख लाभ हुने विश्वास गरिन्छ ।

साथै शुक्रबारमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने अलग– अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ ।

शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डारण भरिने धार्मिक विश्वास गरिन्छ । यो दिनमा अमिलो खानु राम्रो मानिदैन् । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

प्रतिक्रिया