बिहीबार, वैशाख १३, २०८१

पशुपतिनाथमा फागुन २५ देखि विशेष पूजा सुरु हुँदै

नेपालखोज २०७७ फागुन १९ गते १४:३२

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।

अहिलेलाई एक हजार एक सय रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । यस अघि पशुपतिनाथ मन्दिरमा एक हजार एक सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको थियो ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया