बिहीबार, वैशाख १३, २०८१

फ्राइडे रिलिजः आर्यन र मिरूनाको ‘च च हुईं’

नेपालखोज २०७६ मंसिर ६ गते ८:५६

नेपाली वक्सअफिसमा आज शुक्रबार आर्यन सिग्देल तथा मिरुना मगर स्टारर ‘च च हुईं’ रिलिज भएको छ । रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्लआदिको अभिनय रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । सिनेमाका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

रोमकोम भएपनि प्रचारका क्रममा सिनेमा खासै आक्रमक नदेखिएकाले सिनेमालाई वक्सअफिसमा सफल हुने चुनौती देखिएको छ । मल्टीप्लेक्सहरूले खासै उल्लेख्य शो उपलब्ध नगराएकाले सिनेमाले ‘वर्ष अफ माउथ’मा धेरै भर पर्नुपर्ने देखिएको छ ।

नेपाली वक्सअफिसमा आर्यनको ‘च च हुईं’सँगै बलिउड सिनेमा ‘पागलपंथी’ तथा हलिउड सिनेमा ‘फ्रोजन–२’ र ‘फोर्ड भर्सेज फरारी’ रिलिज भएका छन् ।

प्रतिक्रिया