बिहीबार, वैशाख १३, २०८१

गीत-संगीतमा योगदान, विश्व बल्लभलाई सम्मान

नेपालखोज २०७९ साउन १९ गते १३:१३

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभ ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गीतकार बल्लभलाई ५१ हजार रुपैयाँ नगद राशि, दोसल्ला तथा सम्मान-पत्रसहित पुरस्कृत गरेका हुन् ।

प्रमुख अतिथि मन्त्री गहतराजले जीवनभरी गीत–संगीतको माध्यमबाट देशलाई योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताए । बधाई दिँदै संगीतकार शम्भुजीत बासकोटाले नेपाली सुगम संगीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका गीतकार वल्लभको प्रसंसा गरेका थिए ।

गीतकार वल्लभले धेरै दिन भो तिम्रो झझल्को, तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली जस्ता दर्जनौं लोकप्रिय गीतहरु रचना गरेका छन् । समारोहमा गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङकी सुपुत्री मोडल अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने गाायिका माण्डवी त्रिपाठी तथा जमुना शर्माले गीत गाएका थिए ।

गायक कन्हैयासिंह परियार र गायिका अञ्जना गुरुङको नाममा स्थापित कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कारले गत वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा विशिष्ठ योगदान पु‍र्‍याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ । गायक कन्हैया र गायिका अञ्जना श्रीमान–श्रीमती हुन् । उनीहरू हाल अमेरिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया