शुक्रबार, वैशाख ७, २०८१

आइतबारका दिन सूर्यदेवको पुजा गर्दा यस्तो लाभ हुन्छ

नेपालखोज २०७६ मंसिर ८ गते ७:२२

धर्म शास्त्रअनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ ।

आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

सूर्य देवको पुजा गर्दा आइतबारको दिन बिहान सबेरै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने । त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल, र चामल चढाउनु पर्छ । साथै गुड वा गुडबाट बनेको मिठा परिकार पनि चढाउनु पर्छ । धर्म शास्त्रअनुसार यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ ।

प्रतिक्रिया