मंगलबार, वैशाख ११, २०८१

नेपाली भूमी लिम्पियाधुरा र कालापानी क्षेत्रबारे वार्ताकालागि सरकारले भारतलाई काठमाडौँ बोलायो

नेपालखोज २०७६ मंसिर ८ गते १३:३४

८ मंसिर, काठमाडौँ । नेपाली भूमी माथी भारतले गरेको अतिक्रमणबारे वार्ताकालागि सरकारले औपचारिक पत्र पठाएको छ । हालै भारतले आफ्नो नक्सामा नेपाली भूमी लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेपछि त्यो क्षेत्र तत्काल फिर्ता ल्याउन सरकारले वार्ताको माध्यम रोजेको हो ।

परराष्ट्र मन्त्रालयले वार्ताकालागि पत्र पठाउँदै नेपाली भूमी निसर्त फिर्ता गर्न कूटनीतिक शैलीमा आग्रह पनि गरेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले पत्र मार्फत नै काठमाडौँमा पुस पहिलो साता वार्ताकालागि प्रस्ताव गरेको छ ।

तर, अहिलेसम्म भारत सरकारले भने यस पत्रको कुनै जवाफ नफर्काएको ति अधिकारीले बताए । यता, नेपाल सरकारले भने वार्ताको तयारी गरि रहेको छ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेपछि नेपालमा त्यसको चर्को विरोध भैरहेको छ ।

प्रतिक्रिया