बिहीबार, चैत १५, २०८०

१० महिनापछि खुले उपत्यकाका विद्यालय

नेपालखोज २०७७ माघ ४ गते १३:१७

काठमाडौं । लामो समयदेखि अनलाइन कक्षामा पढ्दै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालयमै उपस्थित हुन थालेका छन् ।

कोरोना महामारीका कारण लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो ।

मुलुकका ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको हुन् ।

करिब १० महिनापछि खुलेका विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छ । विद्यालयमा अनिवार्य मास्क गराइएको छ । विद्यार्थीहरुका तापक्रम जाँच गर्नेदेखि कक्षा कोठामा भौतिकदुरी कायम गरेर पठनपाठन गराउने अभ्यासलाई पनि विद्यालयले पछ्याएका छन् ।

प्रतिक्रिया