शुक्रबार, वैशाख ७, २०८१

बानेश्वर चोकमा गाडीको ठक्करबाट सिभिल अस्पतालका डाक्टरको मृत्यु

नेपालखोज २०७६ मंसिर ८ गते १४:२६

८ मंसिर, काठमाडौँ । बानेश्वर चोकमा गाडीको ठक्करबाट सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा डाक्टर जोशीलाई गाडीले ठक्कर दिएको हो । उनी मर्निङवाकमा रहेका बेला गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनलाई ठक्कर दिने सवारीको पहिचान भने अझै खुल्न सकेको छैन तर सीसीटीभी फुटेजको सहायतामा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया