बिहीबार, चैत १५, २०८०

बाल अधिकारका क्षेत्रमा सरकार सम्वेदनशील, कन्सोटियमको अध्यक्षका किरण थापा निर्वाचित

नेपालखोज २०७६ मंसिर ८ गते १६:४२

८ मंसिर, काठमाडौ । तीन दशकदेखि बहशको विषय बनिरहेको बाल अधिकार सुनिश्चित गर्नका लािग राज्य सम्वेनशील रहेको राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले बताएकी छिन् । बालसहभागितामा कार्यरत सस्थाहरुको साझा समुह (कन्सोटियम) नेपालको २० औ साधारणसभालाई सम्वोधन गर्दै दाहालले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेलले बाल अधिकारका क्षेत्रमा अहिले मन्त्रालय फरक ढंगले अघि बढिरहेको जानकारी दिनु हुँदै बाल अधिकार कहि कतैबाट पनि हनन् हुन नदिन सरकार लागिरहेको बताए ।
सोही कार्यक्रममा बोल्दै पूर्व मानव अधिकार आयोगका सदस्य समेत रहेका वरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधानले तीन दशकदेखि आफूहरुले थालनी गरेको बाल अधिकारको अभियानले अहिले सार्थक बन्दै गईरहेको भन्दै खुशी व्यक्त गरे ।

संस्थाको २० औ साधारणसभाले युवा बालअधिकारकर्मी किरण थापालाई अध्यक्षका रुपमा निर्वाचित गरेको छ । थापाको नेतृत्वमा संस्थाको उपाध्यक्षमा मोहन दंगला, महासचिवमा सन्तोष महर्जन, सचिवमा प्रदीप कुमार लामिछाने, कोषाध्यक्षमा देवी रेग्मी चयन भएका छन् ।

त्यस्तै संस्थाको सदस्यहरुमा बृजमोहन कुशबाह,उषा बिक,अनिता पाण्डे ,गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन।
साधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा ५ मा बद्री प्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको नबनिर्बाचित महासचिव सन्तोष महर्जनले जानकारी दिएका छन।

प्रतिक्रिया