बिहीबार, वैशाख १३, २०८१

भृकुटी मण्डपको खुल्ला बजारले मनायो २८ औँ स्थापना दिवस

नेपालखोज २०७६ पुष ३ गते ९:१६

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ भृकुटी मण्डप स्थित खुल्लाबजारमा व्यवसाय सञ्चालन गरिरहेका साना व्यापारीहरुको संस्था काठमाडौं निम्न व्यापारी संघले २८ औँ स्थापना दिवस एवं २६ औँ वार्षिक साधारण सभा मनाएको छ । विक्रम संवत् २०४९ साल पुष २ गते स्थापना भएको  संघले बुधबार कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौं निम्न व्यापारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकार जनताको इच्छा, आकाङ्क्षा र भावना अनुसार काम गरिरहेको बताए ।

प्रधानमन्त्री र सरकारको निती अनुरुप मन्त्री परिषदले काम गर्ने बताउदैँ मन्त्री गुरुङले निम्न व्यापारीलाई नकारात्मक प्रभाव नपर्ने गरि काम गर्ने कुरामा विश्वस्त समेत पारे ।

तत्कालिन अवस्थामा खेर गएको जमिनलाई सदुपयोग गदै साना व्यापारीहरुलाई व्यवस्थित गर्न बजार स्थापना गरिएको स्मरण गर्नुहुदैँ काठमाडौं निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले संघ भित्र आबद्ध सम्पुर्ण व्यापारिले आर्थिक हिसाबले इमान्दार र पार्दशिकताका साथ काम गरिरहेको बताए ।

प्लास्टिकको छानो र बाँसको खम्बाको टहरा निर्माण गरि व्यापार सञ्चालन गर्दै आईरहेका र सिमित स्थायी स्थानको निर्माणकालागि फलामको खम्बा र जस्ताको छाना अवश्यक रहेको बताउँछन् संघका सचिव ध्रुब बहादुर ढकाल ।

काठमाडौं महानगरपालिका समाज कल्याण परिषद र व्यापारीहरुको त्रिपक्षीय सम्झौता अनुसार स्थापना भएको उक्त स्थानमा हाल करिब ७ सयको सङ्ख्यामा व्यापारिहरु रहेका छन् ।

प्रतिक्रिया