बिहीबार, चैत १५, २०८०

दण्डहीनता अन्त्य गर्न पत्रकार र मानवअधिकारकर्मी मिल्नु पर्ने

नेपालखोज २०७६ मंसिर ८ गते १७:२३

८ मंसिर, काठमाडौं । नेपालमा दण्डहीनता अन्त्यका लागि पत्रकार र मानवअधिकारकर्मी मिलेर काम गर्नु पर्ने बेला आएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् । राज्यले गरेका प्रतिवद्धता कार्यान्वयन नहुने कारणले दण्डहीनता बढ्दै गईरहेको भन्दै फ्रिडम फोरमले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले संविधानले व्यवस्था गरेको लोतान्त्रिक पद्दती व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र वास्तविक अधिकार प्राप्त हुने बताएका हुन् ।

सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको विकासमा पत्रकारले सूचना प्रवाहमार्फत महत्वपूर्ण योगदान गरेको बताउँदै राज्यले सञ्चारजगत्लाई आवश्यक सेवासुविधा दिनुपर्नेमा जोड दिएकी दिईन् ।

वरिष्ठ पत्रकार हरिहर विरहीले सञ्चारजगत् नै भयभित भएको अवस्थामा अन्य क्षेत्रको अवस्था के होला भनी प्रश्न गर्दै दण्डहीनता अन्त्यका लागि सञ्चार क्षेत्र अबिचलित भई लागिरहनुपर्ने सुझाव दिए ।

फ्रिडम फोरमका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले पत्रकारको हकहितका लागि मुलुकभर गर्दै आएका कामका बारेमा जानकारी गराउँदै न्यायको आवाज नथिचियोस् भनेर र दण्डहीनता अन्त्यका लागि आफूहरुले दबाब दिँदै आएको धारणा राखेका थिए ।

प्रतिक्रिया