शुक्रबार, वैशाख १४, २०८१

माघ १२ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

नेपालखोज २०७६ माघ ६ गते १६:४७

६ माघ, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक माघ १२ गते बस्ने गरी स्थगित भएको छ। सोमबार बसेको दोस्रो बैठक प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका हुन्।

ठाकुरले बैठकमा उपसभामुख डा. शिवमाय तुम्वाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएका थिए। बैठकमा सभामुखको निर्वाचन माघ १२ गते तोकिएको छ।

ठाकुरले सभामुख पदको निर्वाचनको सूचना आजै प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई निर्देशन दिएका छन्।

प्रतिक्रिया