मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

नेपालखोज २०७६ मंसिर ८ गते १७:२६

८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणकालागि आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । उनि स्वास्थ्य परीक्षण पश्चात वालुवाटार नै फर्किने बताईएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको विकल्पबारे समेत छलफल भैरहेको छ । प्रधानमन्त्री ओलीले आज भन्दा १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए ।

यसबीचमा उनले दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।

प्रतिक्रिया