शुक्रबार, जेठ ११, २०८१

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

नेपालखोज २०७७ भदौ १६ गते ८:३६

झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गएराति गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरेलाई झाडापखाला लागेको थियो । हिजोदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझबाट मन्त्री घिमिरे निवासमै क्वारेन्टाइनमा बसेका थिए । पखाला र हल्का ज्वरो भएपनि आफ्नो स्वास्थ अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया