बिहीबार, वैशाख १३, २०८१

१ करोड धरौटीमा अजय श्रेष्ठ छुट्दै

नेपालखोज २०७६ मंसिर ८ गते १८:५५

८ मंसिर, काठमाडौ। वैक अफ काठमाण्डुका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ एक करोड धरौटीमा रिहा हुने भएका छन् । सर्वोच्च अदालतले पूर्पक्षका लागि थुनामा राखिएका श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आईतबार सर्वोच्च अदालतले ऋण दुरुपयोग गरेको आरोपमा थुनामा रहेका श्रेष्ठलाई पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गरेपछि उनी रिहा हुने भएका हुन् । न्यायाधिश सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
श्रेष्ठलाइ वैक अफ काठमाण्डुको प्रमुख कार्यकारी अधिकृत हुँदा नक्कली कागजात खडा गरी ऋण दिएको आरोप लागेको थियो ।

प्रतिक्रिया