शुक्रबार, चैत १६, २०८०

जाडोमा छालाको स्याहार यसरी गर्नुहोस

नेपालखोज २०७६ मंसिर ९ गते ७:३०

जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ । जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो ।

क्लीनजीङ
मुहारको सौन्दर्य जाडोमा पनि कायम गर्न क्लीनजीङ गर्नुपर्छ । क्लीनजीङले अनुहारको सबै फोहोर हटाउँछ र कोमल बनाइराख्न मद्धत गर्छ ।

मोस्चराइजरको प्रयोग
मनतातो पानीले अनुहार, हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ । यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ । आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ । अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन ।

सनब्लकको प्रयोग
जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ । जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ । चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन । हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ ।

उचित खानपान
जाडोमा त्यति पानी खाइँदैन । धेरैको रुचि चिया, कफिमा जान्छ । तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ । जिउ हाइड्रेट हुन जरुरी छ । मनतातो पानीको प्रयोग गर्न सकिन्छ । खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ । जस्तै माछा, सागपातहरु प्रशस्त खानुपर्छ । यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ ।

प्रतिक्रिया