शुक्रबार, वैशाख १४, २०८१

यसरी बच्न सकिन्छ कोरोनाबाट !

नेपालखोज २०७८ वैशाख २३ गते ६:२९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आक्रान्त भएको छ । यस्तोबेला यसबाट कसरी बच्ने, घरमै रहेर यसको रोकथाम कसरी गर्ने भन्नेबारे बुझ्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा कोरोना संक्रमणबाट जोगिन हामीले गर्नुपर्ने केही व्यवहारहरू छन् जसले तपाईं, हामी र हाम्रो परिवारलाई संक्रमित हुनबाट जोगाउन मद्दत पुर्‍याउँछ ।

आजभोलि सबैलाई तातोपानी पिउन चिकित्सकले पनि सल्लाह दिने गरेका छन् । चिसोका कारण धेरै छिटो सर्ने भएकाले पनि चिकित्सकहरूले तातोपानीको प्रयोगलाई उत्तम मानेका छन् ।

कतिपय मानिस बाहिरकै खाना खान मन पराउने हुन्छन् । तर यो महामारीमा तपाईं आफ्नै घरमा बनाएको ताजा रसिलो खाना खान सक्नुहुन्छ जसले तपाईंलाई रोगसँग लड्ने शक्ति साथै तन्दुरुस्त र फुर्तिलो बनाउँछ ।

प्रत्येक दिन कम्तिमा पनि ३० मिनेट व्यायम, ध्यान तथा राम्रोसँग सुत्ने बानी बसाल्नुहोस् । यसले तपाईंलाई महामारीसँग मात्रै होइन जीवनभर फुर्तिलो बनाउन मद्दत गर्छ ।

रोगसँग लड्ने क्षमता बढाउन बिहान र बेलुका मनतातो पानीमा च्यवनप्राश पनि खान सकिन्छ । यसका साथै तपाईंले ज्वानो, जिम्बु, बेसार पानी, अदुवा, गुर्जो साथै तुलसीकोे पात, दालचिनी आदि प्रयोग गर्न सक्नुहुन्छ ।

हामी सबैले कोरोनाको महामारीमा दिनमा दुईपटक सफा पानीमा नुन, पुदिनाको पत्ता साथै ज्वानोको प्रयोग गरेर बाफ लिन सक्छौं ।
ल्वाङ दालचिनी मरिचको प्रयोगले पनि हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न सक्छ ।

प्रतिक्रिया