शुक्रबार, वैशाख १४, २०८१

वडाध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त

नेपालखोज २०७६ मंसिर ९ गते ८:४२

९ मंसिर, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ । उनको घरमा अज्ञात व्यक्तिले सोमबार बिहानै करिब पौने ३ बजेतिर बम बिस्फोट गराएको हो ।

कास्कीमा उपनिर्वाचनको पूर्वसन्ध्यामा बम विस्फोटको घटना भएको हो । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका– १७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमको धमाकामा परी क्षतीग्रस्त भएको हो ।

यद्यपि क्षतिको यकीन विवरण खुलिसकेको छैन भने विस्फोटमा संलग्न व्यक्तिको पहिचान पनि हुन सकेको छैन् । प्रहरीले संलग्न व्यक्तिको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया