शुक्रबार, वैशाख १४, २०८१

मध्यपहाडी राजमार्गको काभ्रे खण्ड समयमै सकिने

नेपालखोज २०७६ मंसिर ९ गते ९:०९

९ मंसिर, काभ्रे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको काभ्रे खण्डका काम समयमै सम्पन्न हुने भएको छ । काभ्रे जिल्लाअन्तर्गत भुम्लु गाउँपालिका वनदेउदेखि भुम्लुटार, कोलाती हुँदै चौरी देउराली गाउँपालिकाको बिर्ता देउराली, कात्तिके देउराली, मादन कुँडारी पुगेर रामेछाप जिल्लाको गुन्सी भदौरेमा जोडिने छ ।

काभ्रेमा ४८ किलोमिटर सडकको काम भइरहेको आयोजनाले जनाएको छ । तीन खण्डमा राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको काम भइरहेको छ । काभ्रेमा वनदेउबाट पौवा डाँडासम्म उक्त राजमार्गको ५ किलोमिटर हालसम्म ६० प्रतिशतभन्दा बढी काम भएको आयोजनाका सूचना अधिकारी इश्वर कार्कीले बताए । उक्त निर्माण कम्पनीले २०७६ फागुन महिनासम्म काम सक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

त्यसैगरी काभ्रेको दोस्रो खण्ड भुम्लु गाउँपालिकाको पौवा डाँडा हुँदै फलाटे, कोलाती, चौरी देउराली गाउँपालिकाको पाटीगैह्रासम्म १८ किमि सडक अहिले ७० प्रतिशतभन्दा बढी प्रगति भइरहेको आयोजनाले जनाएको छ । त्यसैगरी जिल्लाकै तेस्रो खण्ड पाटीगैह्रा, बिर्ता, जखाडी, आरुबोट, दोभानटार, हुँदै कातिके देउरालीको बोक्सेसम्म २५ किमि मोटरबाटोे हालसम्म ९५ प्रतिशतभन्दा माथि प्रगति भएको छ ।

काभ्रे खण्डमा ग्राभेल स्टान्डर्ड मोटरबाटो, बाटोको चौडा साढे आठमिटर, नाली, टेवा पर्खाल, कुलेसा, हिमपाइपको काम हुने आयोजनाले जनाएको छ । पछि उक्त मोटर बाटो साढे सातमिटर कालोपत्रे पनि गरिने छ । मध्यपहाड क्षेत्रबाट बसाइँ–सराइ रोक्न, जनस्तरबाट उत्पादित कृषि उत्पादनलाई बजारसम्म पु¥याउन उक्त मोटरबाटोले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया