शुक्रबार, वैशाख १४, २०८१

भारतबाट दुई महिलाको उद्धार

नेपालखोज २०७६ मंसिर ९ गते १०:३६

९ मंसिर, काठमाडौं । राम्रो काममा लगाइदिने प्रलोभनमा पारी भारत पु¥याइएकी दुई नेपाली महिलाको उद्धार गरिएको छ ।

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।

उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया