बिहीबार, वैशाख १३, २०८१

रक्त व्यवस्थापनकाे प्रभावलाई न्यूनीकरण गर्न रक्तदाता समाजद्वारा रक्तदान

नेपालखोज २०७९ असार ११ गते २०:५६

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आयोजित रक्तदान कार्यक्रमको सम्पन्न भएकाे छ । कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त/तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएकाे हाे ।

उक्त कार्यक्रम तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४० जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया