बिहीबार, वैशाख १३, २०८१

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक जारी, संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई अन्तिम रूप दिइदै

नेपालखोज २०७६ मंसिर १० गते १३:२१

१० मंसिर, काठमाडौँ । नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार एवंम दुई मुलुकबीचको व्यापारमा सहजीकरणका पाटो माथि छलफल भैरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार यस बैठकले जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई अन्तिम रुप दिने छ।

यस्ता छन् छलफलका एजेण्डा

— नेपाल–भारत पारवहन सन्धि संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई अन्तिम रूप दिने

— हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल

— दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटीएस) सम्बन्धी छलफल

दुई दिने सहसचिव स्तरीय बैठकको नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् भने भारतीय पक्षको नेतृत्वको भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गरेका छन्।

प्रतिक्रिया