शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

नेपालखोज २०७६ मंसिर ११ गते १०:१३

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको छ । स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रेस संयोजक सूर्य थापाले भने, ‘प्रधानमन्त्री ज्यूलाई सावधानीका लागि भेन्टिलेटरमा राखिएको हो । अहिले उहाँको स्वास्थ्यमा हिजो भन्दा धेरै सुधार आएको छ । उहाँलाई दिइएका लाइफ सपोर्टहरु क्रमिक रुपमा हटाउँदै लगिएको छ ।’

स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ । मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया