कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ११७३ संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालबाट आज तप १ हजार १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७१.५ प्रतिशत पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको प्रवक्ता डा. गौतमले जनाकारी दिए । हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ ।
प्रतिक्रिया