शुक्रबार, वैशाख १४, २०८१

बैंकको रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा

नेपालखोज २०७६ मंसिर ११ गते १६:०५

११ मंसिर, काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई ।

काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोग विनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने रु गम्भिर प्रश्न खडा भएको छ ।

चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा रु ६५ लाख निकालिएको थियो । उनीहरुको रु पाँच अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । उक्त घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।

प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे ।

घटना आइतबारको भए पनि महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी उनीहरुबाटरु रु १८ लाख ५० हजार बरामद गरिएको छ भने केही पैसा उनीहरुबीच बाँडेको फेला परेको छ ।

प्रतिक्रिया