शनिबार, मंसिर २९, २०८१

प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउछ : सञ्चारमन्त्री कार्की

नेपालखोज २०७८ चैत १७ गते १९:५२

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सव हुने बताए ।

नेपाली जनताको समृद्ध मुलुक बन्ने आकांक्षामा एकजुट भई एउटै संकल्पका साथ सबै रहनुपर्ने उनले बताए । उनले भने, ‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं ।’

उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन सरकार गम्भीर भएको पनि बताए । उनले प्रधानमन्त्री देउवाको भोलिबाट हुने भारत भ्रमणले सम्बन्धलाई अझ मजबुत बनाउने भन्दै सफलताको कामना पनि गरे ।

प्रतिक्रिया