बिहीबार, वैशाख १३, २०८१

अर्घाखाँचीमा बस दुर्घटनाः १९ को मृत्यु, १८ घाइते

नेपालखोज २०७६ मंसिर १२ गते ८:२७

१२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । नरपानीमा हिजो साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित १९ जनाको मृतयु भएको हो ।दुर्घटनामा परि १७ जनाको घटनास्थलमै र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मोनिका खड्का, ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई,शितगंगा २ सितापुरका गाढी धनी ३७ वर्षीय शन्त बहादुर बस्नेत, उनको भाई बुहारी २७ वर्षीया सिता बस्नेत , कपिलवस्तका बस चालक ३६ वर्षीय ओमबहादुर थापा भुमिकास्थान नगरपालीका ९ का २७ वर्षीय शैलेस थापा , सन्धिखर्क १० का छबिलाल गैरे र गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् ।

अन्य ९ जना मृतकहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा ५ /६ महिनाको बालकसहित १२ जना पुरुष ७ जना महिला रहेको अर्घाखाँची प्रहरी सुचना अधिकृत सुरेस सवेदी जानकारी दिनुभएको छ । घाइते १८ जना मध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको बुटवल चौराहा अस्पताल प्रालीमा, ९ जनाको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।

घाइते मध्य दाङका ३३ वर्षीय प्रशान्त सवदीलाई बुटवल चौराहा अस्पतालबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बस अनियन्त्रीत भई सडकको डिल भासीएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भीक अनुसन्धानले बताएको छ ।
सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया