मंगलबार, वैशाख ४, २०८१

अध्यक्ष ओली उपस्थित नभएको नेकपा सचिवालय बैठकले डाक्यो स्थायी समिति बैठक

नेपालखोज २०७६ मंसिर २३ गते १६:३५

२३ मंसिर, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाले स्थायी समितिको बैठक बोलाएको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । स्थायी समिति बैठक बस्नुअघि २७ गते फेरि सचिवालय बैठक बस्नेछ।

पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए तर गत वर्ष पुसदेखि बैठक बस्न सकेको थिएन।

प्रतिक्रिया