बिहीबार, वैशाख १३, २०८१

सिद्धान्त नमिलेपछि ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र निस्कासित

नेपालखोज २०७६ मंसिर १२ गते ११:१७

१२ मंसिर, काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता भनेर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई ‘नेपालीका लागि नेपाली’ अभियानबाट बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको छ।

अभियन्ता तथा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको अनुसार सिद्धान्त नमिलेनको कारण उनलाई निष्कासन गरिएको हो । ‘हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ’उनले भने ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित विभिन्न गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया