बिहीबार, चैत १५, २०८०

हङकङका प्रदर्शनकारीलाई ट्रम्पको सर्मथन

नेपालखोज २०७६ मंसिर १२ गते १२:१८

१२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेका छन् ।
हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन् । ‘चीन र हङकङका नेता र प्रतिनिधिहरूले आफ्ना मतान्तरहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर विधेयक ल्याइएको हो’, ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुको औचित्यबारे भनेका छन् ।

हङकङ प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको थियो । पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ । अमेरिकासँग चीनको सम्बन्ध सुमधुर छैन ।

दुई देशबीच व्यापारिक युद्ध चलिरहेका बेला चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिँदै आइरहेको छ । यहीबीच अमेरिकाले ल्याएको नयाँ कानूनले चीनलाई थप आक्रोसित बनाउने ठानिएको छ ।

प्रतिक्रिया