भ्रमण छोट्याएर स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली
नेपालखोज
२०७६ मंसिर १३ गते ११:०७
१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । विदेश भ्रमण छोट्याएर उनी शुक्रबार ( आज ) बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
पत्रकारसँग कुराकानीकाे क्रममा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’
रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली गत शनिबार अपराह्न रुसको राजधानी मस्को प्रस्थान गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया