बुधबार, वैशाख १२, २०८१

साढ़ेसाती हटाउन शनिबार शनिदेवको पूजा गर्नुस, तपाईको आजको दिन कस्तो थाहा पाउनुहोस

नेपालखोज २०७६ मंसिर १४ गते ७:१२

धर्मशास्त्र अनुसार शनिवारका दिन शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुने गर्दछ । यस दिन गाई र कुकुरलाई तेलमा बनेको चीजहरु खुवाउँदा यसले विशेष लाभ हुन्छ भन्ने विश्वास छ । यसदिन शनि मन्दिरमा शनिदेवको साथै हनुमान जीको दर्शन गर्नु पनि शुभ हुन्छ ।

हरेक शनिवार मन्दिरमा तोरीको तेलको दियो जलाउदा दियो भगवान शनिदेवको मूर्तिको अगाडि नभएर मन्दिरमा राखेको उनको शिलाको अगाडि जलाउँदा लाभ हुन्छ ।

तपाईको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

प्रतिक्रिया