बिहीबार, वैशाख १३, २०८१

बाजुराको त्रिवेणीमा नेकपाका मनराजे विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ७:०९

१५ मंसिर, बाजुरा । बाजुराको त्रिवेणीमा नेकपा विजयी भएको छ । नेकपाका उम्मेदवार मनराजे बुढा मिलनले काँग्रेसका खगेन्द्र चदारा उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

नेकपाका मनराजे बुढा (मिलन) ले तीन सय ६७ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका खगेन्द्र चदाराले तीन सय ४७ प्राप्त गरेका छन् । त्यस्तै राप्रपा मिनबहादुर ढोलीको २ मत मात्र रहेको छ । ११ मत बदर भएको छ बताइएको छ ।

बाजुराको त्रिवेणी १ मा कुल मत एक हजार ३९ मध्य सात सय २७ मत खसेको हो । स्थानीय निर्वाचनमा भने काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया