शुक्रबार, चैत ७, २०८१

सागभर त्रिपुरेश्वर सुन्धाराको बाटो एकतर्फी कायम

नेपालखोज २०७६ मंसिर १५ गते १४:०८

१५ मंसिर, काठमाडौं । आजबाट शुरु हुने दक्षिण एशियाली खेलकुद(साग) को समयमा सवारी खेल मैदान दशरथ रंगशाला वरपर क्षेत्रको सवारी व्यवस्थापनलाई सहज बनाउनका लागि ट्राफिक प्रहरी कार्यायले त्रिपुरेश्वरदेखि सुन्धारा जाने बाटो एकतफी गरेको छ ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकालका अनुसार मंसिर १५ गतेदेखि २४ गतेसम्मका लागि सुन्धाराबाट त्रिपुरेश्वर तर्फ सवारी चल्न पाउने छन् भने टेकुबाट त्रिपुरेश्वर हुँदै सुन्धारा तर्फ जाने सवारी साधनहरुले सो मार्ग प्रयोग गर्न पाउने छैनन । सागभरबा लागि सो सडक मार्गलाई एकतर्फी गरिएको छ । त्यस्तै आज हुने उद्घाटन समारोहदेखि नै रंगशाला क्षेत्रमा आउने सवारी साधनको पार्किङ्ग व्यवस्थापन गर्नका लागि निश्चित ठाउँ नै तोकिदिएको छ । (पार्किङ्ग व्यवस्थापनका लागि तस्वीर हेर्नुस्)


पाकिङ्ग व्यवस्थापन गर्नका लागि प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ६० जना प्रहरी खटाइएको प्रमुख ढकालले नेपाल खोजलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया