बुधबार, असार ४, २०८२

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

नेपालखोज २०८० भदौ १३ गते १९:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उनीहरुको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो ।

प्रतिक्रिया