बिहीबार, चैत १५, २०८०

ट्रायथोलनमा सोनीले जितिन् स्वर्ण

नेपालखोज २०७६ मंसिर १६ गते ११:५०

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन ।

पोखरामा भएको महिला ट्रायथोलनतर्फ पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । रजत र कास्य पदक भने भारतले जितेको छ ।

पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् । स्वर्ण र रजत भारतका खेलाडीले जिते ।

प्रतिक्रिया