साग : तेक्वान्दोको पुम्सेमा नेपालले जित्यो अर्को स्वर्ण पदक
नेपालखोज
२०७६ मंसिर १६ गते १४:१९
१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ ।
नेपालकी सीना मादेनले नेपाललाई स्वर्ण पदक जिताएकी हुन् । ८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् ।
यससँगै सागमा नेपालले पाँचवटा स्वर्ण जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया