शुक्रबार, वैशाख १४, २०८१

साग : नेपालले जित्यो अर्को स्वर्ण पदक

नेपालखोज २०७६ मंसिर १६ गते १६:३८

१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण पदक जितेको छ । कराँतेको पुरुष कुमुतेमा नेपालले फेरि अर्को स्वर्ण पदक हात पारेको हो ।

८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए। उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि     ६—५ को जित निकाले ।

योसहित कराँतेमा नेपालको पाँचौं स्वर्ण पदक हात पारेको छ भने समग्रमा १० स्वर्ण पदक जितेको छ।

 

प्रतिक्रिया