शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारमा आज : कारोबार रकम आईतबारको तुलनामा बढी

नेपालखोज २०७६ मंसिर १६ गते १६:४६

१६ मंसिर, काठमाडौँ । नेप्से परिसूचक सोमबार ०.८६ अंक घटेर एक हजार १११ दशमलव ९९ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ०.४४, फ्लोट, ०.०२ र सेन्सेटिभ इन्डेक्स ०.०८ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ। यस दिन १६४ कम्पनीको २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

व्यापार उप–समूहको परिसूचक यस दिन सर्वाधिक ३.२ प्रतिशत बढेको छ। जलविद्यूतको यस दिन ०.२४ र बैंकिङ्गको ०.११ प्रतिशत बढेको छ।

सोमबार जीवन बीमा उपसमूहमा भने करेक्सन भएको छ। आइतबार २.६१ प्रतिशत बढेको यस उपसमूहको परिसूचक यस दिन १.२६ प्रतिशत करेक्सन भएको हो।

म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन ०.९२ र होटलको ०.५ प्रतिशत घट्दा अन्य उपसमूहका परिसूचकहरु सामान्य घटेका छन्।

प्रतिक्रिया