मंगलबार, वैशाख ११, २०८१

साग : नेपालले जित्यो अर्को स्वर्ण पदक, उत्कृष्ट प्रदर्शनसँगै अङ्क तालिकाको शीर्ष स्थानमा

नेपालखोज २०७६ मंसिर १६ गते १७:२९

१६ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण जितेको छ । कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण पदक थप भएको हो ।

अधिकारीले फाइनलमा श्रीलंकाका डन टुलुलाई ८ — ० हराउँदै नकआउट पारिन्। ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८ — ० ले नकआउट पारिन्।

कराँतेमा भएको ९ प्रतिष्पर्धा मध्ये ७ वटामा नेपालले स्वर्ण जितेको छ भने दुई वटामा रजत जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको उत्कृष्ट प्रदर्शनले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा राखेको छ।

प्रतिक्रिया