मंगलबार, असोज १, २०८१

जाडोमा छालालाई स्वस्थ राख्ने उपाय

नेपालखोज २०७६ मंसिर १७ गते ८:१५

जाडौ मौसममा वायुमण्डलमा आद्रता निकै कम हनेहुनाले, हावामा पानीको मात्रा कम हुने र शरीरको तापक्रम नमिल्ने हुदाँ यसको असर सिधै छालामा पर्नसक्छ । छाला चिलाउने, खस्रो हुने, राता राता डाबर आउने र छाला फुट्ने समस्या हुने गर्छ । समयमा नै चिकित्सक कहाँ गएर रोग पत्ता लगाउन सके छालाको राम्रो ख्याल गर्न सकिन्छ ।

छाला स्वस्थ राख्ने उपाय

–नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्ने

–मौसम अनुसारको फलफुल खाने

–तातो पानीले वाफ लिने

–बाहिर हिड्दा आफ्नो छालालाई सुट गर्ने खालको सनक्रिम प्रयोग गर्ने

–धुँवा, धुलो र फोहोरबाट बच्ने

–सन्तुलित आहारको सेवन गर्ने

–गेडागुडीको रस प्रशस्त खाने

–साबुनको प्रयोग छालामा कम गर्ने

–मनतातो पानी प्रशस्त पिउने

प्रतिक्रिया