शुक्रबार, चैत १६, २०८०

मानसिक स्वास्थ : यस्तो विचार कहिल्यै मनमा नल्याउनुहोस् !

नेपालखोज २०७९ चैत १० गते ९:००

भगवान्ले हरेक मानिसलाई फरक तरिकाले सोच्ने र बुझ्ने क्षमता दिनुभएको छ । यस्तो अवस्थामा सधैं सबैको अन्तर आत्माबाट एउटा आवाज आइरहेको हुन्छ जसले जीवनलाई हेर्ने र जिउने तरिका निर्धारण गर्छ । त्यसैले त हाम्रो मनले सधैं हाम्रोसँग कुरा गरिरहन्छ । कतिपय अवस्थामा जब हाम्रो जीवन हाम्रो इच्छा अनुसार चल्दैन तब हामी आफ्ना बारेमा नकारात्मक कुराहरु सोच्न थाल्छौं । यस्तो अवस्थामा सबै कुरामा कसै /नकसैलाई दोष दिइन्छ र उसलाई गाली गरिन्छ । दिमागमा यस्ता कुराहरु आइरहे हामी डिप्रेसनको सिकारसमेत हुन्छौं । त्यसैले आज हामी तपाईंलाई केहि यस्ता कुराहरु बताउन गइरहेका छौं जुन हामी कहिल्यै गर्नु हुँदैन ।

यस्तो विचार कहिल्यै मनमा नल्याउनुहोस्

मेरो बारेमा कसैले वास्ता गर्दैन : कसैले आफ्नो वास्ता गर्दैन भन्ने कुरासोच्न थाल्ने बित्तिकै हामी आफैंले आफन्तहरूलाई आफुबाट टाढा धकेल्न थाल्छौं । यसको विपरित, हाम्रो जीवनमा यस्ता धेरै व्यक्तिहरू छन् जसले वास्तवमै हाम्रो ख्याल राख्छन् । आवश्यकता त केवल हामी उनीहरूसम्म पुग्नु र कुरा गर्नुको छ ।

म सफल हुन वा गर्न सक्दिन : असफलता हाम्रो जीवनको एउटा हिस्सा हो जुन हाम्रो जीवनको आधार होइन । हामीले लगातार प्रयास गरिरहनुपर्छ किनभने हामीमा क्षमता छ । कुनै पनि अवस्थामा कहिल्यै हार नमान्नुहोस् र सफल नभएसम्म प्रयास गरिरहनुहोस् ।

म सधैं मूर्ख कुरा गर्छु : कोही पनि पूर्ण हुँदैन, त्यसैले बुद्धिमान मानिसहरूले पनि बेलाबखत गल्ती गर्छन् । प्रत्येक कामको नतिजा हुन्छ, तर यसको अर्थ यो होइन कि हामीले आफ्नो जीवनमा निर्णय लिने क्षमतामा त्यसको प्रभाव हावी होस् । यस्तो अवस्थामा आफ्नो गल्तीबाट सिक्नुपर्छ र त्यसमा सुधार गर्दै अघि बढनुपर्छ ।

मैले केही बोल्नु हुँदैन : आफुले बोल्दा मानिसहरूले आफ्ना कुरा सुन्न मन पराउँदैनन् जस्तो लाग्छ रु के हामी आफ्ना शब्दले आफ्नो भावना प्रति न्याय गर्न सक्छौं रु यदि यसमा शंका छ भने हामी आफ्नो साथी समूह परिवर्तन गर्न सक्छौं । यस्तो अवस्थामा आफुले आफैंलाई शंका गर्नु हुँदैन र खुलेर आफ्नो विचार राख्नुपर्छ ।

म आफैंबाट केही आशा गर्दिन : यदि हामि आफैंमा निराश, असहाय, उदास, आत्म-ग्लान र चिडचिडापन महसुस गर्छौ भने बुझनुपर्छ हामी तनावमा छौं ।

यदि हामी मध्ये कोहि यस्तो मूडमा छौं भने तुरुन्तै डाक्टरसँग भेट्नुपर्छ र खुलेर उनीसँग आफ्नो विचार सेयर गर्नुपर्छ ।

प्रतिक्रिया