शुक्रबार, वैशाख ७, २०८१

विजय र सुस्मिताले थाउलोमा स्वर्ण दिलाए

नेपालखोज २०७६ मंसिर १७ गते १०:३६

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

(मंगलबार) आजदेखि शुरु उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले सोमबार एकै दिन १५ स्वर्णपदक जितेको थियो ।

पोखरामा मंगलबार आज आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।

प्रतिक्रिया