शनिबार, वैशाख १३, २०८२

साग : नेपाललाई अर्को स्वर्ण पदक, भारतलाई हराउँदै एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला बनिन् सन्तोषी

नेपालखोज २०७६ मंसिर १७ गते १३:०२

१७ मंसिर, काठमडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेकी छिन् ।

भारतकी पविता यादालाई पछि पार्दै उनले स्वर्ण पदक हात पारिन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गरेकि हुन् ।

भारतकी खेलाडी यादालाई उनले मात्र एक मिलीसेकेन्डले पछाडी पारिन् तर उनको त्यहि जितले इतिहास रच्यो । एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् ।

प्रतिक्रिया