शुक्रबार, वैशाख १४, २०८१

नेता नेपाललाई प्रधानमन्त्री ओलीको विशेषदूत बनाई मोदीसँग सिधा वार्तामा बसाउने नेकपाको तयारी

नेपालखोज २०७६ मंसिर १८ गते १४:४६

१८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल गरेको छ ।

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालका भूभागहरू समटेपछि उत्पन्न भएको परिस्थितिका बारेमा भारतको राजनीतिक नेतृत्वसँग सिधा छलफल गर्न नेता नेपाललाई भारत पठाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेका थिए ।

उनले आफु उपस्थित हुन नसकेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उचित निर्णय गर्न भनेका थिए । त्यसैले सोहि विषय माथि बुधबार विहान छलफल गरिएको नेताहरुले जानकारी दिए ।

नेकपा स्रोतले हामिलाई दिएको जानकारी अनुसार नेकपाका नेता नेपाल सिमा विवादका विषयमा सिधा छफलकालागि चाँडैनै भारत जाने   छन् ।

त्यहाँ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लागायत अन्य शिर्षस्थ नेताहरुसँग भेट तथा छलफल गर्ने छन् । नेता नेपाल प्रधानमन्त्री ओलीका विशेष दुतको भुमिकामा भारत जानलागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया