शनिबार, वैशाख १५, २०८१

विप्लव समूहका युवा सचिव पक्राउ

नेपालखोज २०७६ मंसिर १९ गते ११:५६

१९ मंसिर, बागलुङ । नेत्रविक्रम चन्द समूह, युवा सङ्घ बागलुङका सचिव रमेश अविरल भनिने हल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार पक्राउ गरेको हो ।

सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेट प्रहरीे बरामद गरेका छ । सुनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका सुनारमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया