शुक्रबार, असोज ४, २०८१

नीति तथा कार्यक्रमले परम्परा धानेको छ : डा. वाग्ले

नेपालखोज २०८० जेठ ९ गते १३:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको मात्र भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा. वाग्लेले परम्परा धान्न मात्र ल्याइने नीति तथा कार्यक्रमले देशको भलो नहुने बताएका हुन् ।

सांसद वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान भने आवश्यक रहेको बताए ।

उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया