शनिबार, वैशाख ८, २०८१

भुटानलाई नेपालले दियो विशाल लक्ष्य

नेपालखोज २०७६ मंसिर १९ गते १२:१७

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अनतर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।

नेपालको र्तफबाट ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यस्तै नेपालको तर्फबाट पुर्व कप्तान पारसले ५७ रन र उप कप्तान दिपेन्द्र सिंह ऐरीले ४५ जोडे।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।

खेल किर्तिपुरस्थित टियुको क्रिकेट मैदानमा हुँदै छ ।

प्रतिक्रिया