शुक्रबार, वैशाख १४, २०८१

भुटानमाथि नेपालकाे सानदार जित

नेपालखोज २०७६ मंसिर १९ गते १३:००

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अनतर्गत पुरुष क्रिकेटमा नेपालले भुटानमाथि सहज जित हासिल गरेकाे छ । नेपालले भुटानमाथि १४१ रनको फराकिलो जित हात पारेको हाे ।

किर्तिपुरस्थित टियुको क्रिकेट मैदानमा भएको खेलमा नेपालले २३७ रनको लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भुटानकाे तर्फबाट आरएम दोर्जीले सर्वाधिक २७ रन बनाएका थिए ।

नेपालकाे तर्फबाट पुर्व कप्तान पारस खड्काले २ विकेट र करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एक-एक विकेट लिए ।

प्रतिक्रिया