शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

नेपालखोज २०७६ मंसिर १९ गते १३:४२

१९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ वा भोलिसम्मा डिस्चार्ज हुने भएको छन् । प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत रहेका छन् ।

ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा आज बुधबार साँझ वा भोली (शुक्रबार) सम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताए । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी छ।

रिपोर्ट हेरेर प्रधानमन्त्री ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो । आज बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिन सकिने बैठकले निष्कर्ष निकालेको हो ।
यही गतिमा स्वास्थ्यमा सुधार भयो र नयाँ समस्या देखिएन भने आजै साँझसम्म वा भोलिसम्ममा प्रधानमन्त्री बालुवाटार फर्किन सक्ने चिकित्सकहरूले बताएका छन्। यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया